काठमाडौँ – प्रतिनिधिसभा विघटन लगायत सरकारको कामकारवाहीको विरोध गर्दै विपक्षी गठबन्धनका विद्यार्थी संगठनले देशभर प्रदर्शन गरेका छन् ।


ADVERTISEMENT


नेपाल विद्यार्थी संघ (नेविसंघ), अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन, अखिल छैटौं गरी ५ विद्यार्थी संगठनले बुधबार देशभर विरोध प्रदर्शन गरेका हुन् ।


ADVERTISEMENT

# # #


यसै क्रममा नेविसंघले काठमाडौंको चावाहिलस्थित पशुपति क्याम्पस अगाडी प्रधानमन्त्री केपी ओलीको पुत्दा दहन गरेका छन् । सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रदर्शनका क्रममा विधार्थीहरुले सरकार विरोधी नारा लगाएका थिए ।

यसअघि बिद्यार्थीले सरकारको कामकारवाहीको विरोधमा आन्दोलनको घोषणा गरेको थियो ।