काठमाडौँ– नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाले आफ्नो सफल कार्यकालको सातौं वर्ष पुरा गरेको छ ।


ADVERTISEMENT


देशका सातै प्रदेशमा सेवा पुर्‍याउन सफल रहेको सो संस्थाले आफ्नो कार्यकालको सातौं वर्ष पुरा गर्दै आठौँ वसन्तमा प्रवेश गरेको हो ।


ADVERTISEMENT

# # #


४७ जिल्लामा आफ्नो ६५ शाखा विस्तार गर्न सफल नेशनलले हाल १ लाख १४ हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । ७ अर्ब ६३ करोडको लगानीमा रहेको सो संस्थाको बचत रकम २ अर्ब ६ करोड रहेको संस्थाले जनाएको छ ।

वार्षिकोत्सवकोअवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामबहादुर यादवले समस्त सेवाग्राही, सेयरधनी, नियमनकारी तथा शुभचिन्तकहरुमा कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा अझ सबल र उत्कृष्ट रुपमा प्रस्तुत हुने प्रतिबद्वता समेत जनाएका छन् ।