काठमाडौँ – मनसुनी वायुको प्रभावले शुक्रबार काठमाडौं लगायत मुलुकका अधिकांस स्थानहरुमा वर्षा भएको छ ।


ADVERTISEMENT


काठमाडौं लगायत मुलुकका कतिपय स्थानमा भारी वर्षा भएको छ भने केही स्थानमा हल्का वर्षा भएको थियो । वर्षासंगै मनोहरा र हनुमन्ते मिसिएर बग्ने खोलामा पनि पानीको सतह बढेपछि नजिकका बस्ती जोखिममा परेका छन् । त्यसैगरी, काठमाडौंको वाग्मती, विष्णुमति नदीको पानीको सतह बढेको छ ।


ADVERTISEMENT

# # #


धोवी खोला, बल्खु खोलाको पानीको सतह पनि बढेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका नदी तथा खोलामा पानीको सतह बढेसँगै किनारका सुकुम्बासी बस्ती जोखिममा परेका छन् ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकका अधिकांस भूभागमा वर्षा हुने र केही स्थानमा भने भारी वर्षा हुनसक्ने भन्दै सचेत हुन आह्वान पनि गरेको छ ।