काठमाडौँ– नेपालको सन्दर्भमा असार मसान्तलाई पुरानो अर्थिक बजेटको अन्त्य भई नयाँ आ.व शुरु हुने अवसरको रुपमा लिइन्छ । जसकारण यस महिनाको मसान्तअगावै सम्पूर्ण संस्था एवम् व्यवसायीहरुले आफ्नो वर्षभरको कारोबारको हिसाबकिताब गरेर राख्छन् । सोहि रुपमा हाल अधिकांशको ध्यान खिचिरहेको डिम्याट र मेरो शेयर खाताको हकमा पनि यो कुरा लागु हुन्छ ।


ADVERTISEMENT


यसका लागि निक्षेप सदस्य (डिपि) हरुसंगै मर्चेन्ट बैंकरहरु निक्षेप सदस्यहरुले पनि सेवाग्राहीका लागि डिम्याट र मेरो सेयर नविकरण गर्न सुचना जारी गर्न थालिसकेका छन् । असार मसान्त भित्र नविकरण नगरे खाता फ्रिज हुने निक्षेप सदस्यहरुले उक्त सूचनामा उल्लेख गरिएको देख्न सकिन्छ ।


ADVERTISEMENT

# # #


पुराना सेवाग्राहीहरुमा यसको ज्ञान भएपनि पछिल्लो समय थपिएका नयाँ लगानिकर्ताहरु भने यस विषयमा अन्योल नै देखिन्छन् । यद्यपि सेयर कारोबार गर्ने निक्षेप सदस्य बनेकाले प्रविधिको सहजताले घर कार्यलयबाटै नविकरण गर्न सकिन्छ ।

यद्यपि, डिम्याट खाता असारमसान्त लागेपछि नविकरण गर्नुपर्ने भएपनि सेवाग्राहीहरुले मेरो शेयर खाता भने १ बर्षमा एकचोटि नविकरण गनुपर्ने हुन्छ ।

नविकरण मिति थाहा पाउन के गर्ने? 

मेरो सेयर लिएका व्यक्तिहरुले मेरो शेयरबाटै आफ्नो मेरो शेयर र डिम्याट खाता नविकरण कहिलेसम्म गनुपर्ने थाहा पाउन सक्छन् । यसका लागि मेरो शेयर खोलेपछि दायाँ कुनामा आफनो नाउँमा क्लिक गरेर व्यक्तिगत विवरण र एकाउन्ट इन्फरमेसनमा गएपछि मेरो शेयर र डिम्याट खाता नविकरण गरिसक्नुपर्ने मिति देख्न सकिन्छ ।

यसरी गर्नुहोस् नविकरण

शेयर लगानिकर्ताहरुले मेरो सेयर र डिम्याड खाता नविकरण गर्न निक्षेप सदस्य डिपीहरुको कार्यालय बैंक तथा वित्तिय संस्थाका शाखाहरुमा गएर वा वालेट पे मार्फत सजिलै नविकरण गर्न सक्छन् । त्यसैगरी कनेक्ट आईपिएस, इसेवा, आईएमई पे, खल्ती, प्रभु पे लगायतका सेवामार्फत नविकरण शूल्क भुक्तानी गर्न सकिने निक्षेप सदस्यहरुले सूचना नै निकालेर जानकारी दिएका छन् ।

त्यसैगरी मेरो शेयरबाटै पनि खाता नविकरण गर्न सकिन्छ जसको लागि मेरो शेयरको दायाँ कुनामा आफनो नाउँमा क्लिीक गरेर व्यक्तिगत विवरण र एकाउन्ट इन्फरमेसनको दायाँ कुनामा रहेको रिन्यू एकाउण्ट बटन थिचि आएका अपसनहरु बाट पनि मेरो शेयर र डिम्याट खाता नविकरर्ण गर्न सकिन्छ ।