नेपालगञ्ज – जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिका ७ बाट ८ लाख बराबरको भन्सार छलीको सामान बरामद गरेको छ । गोप्य सूचनाका आधारमा उक्त कार्यालबाट खटिएको प्रहरी टोलिले जमुनाहका ३२ वर्षीय मोनु कवडियाले स्कुल नजिक अरबिन्द पछाईको घरमा कोठा भाडामा लिएर लुकाइ राखेको अवस्थामा सामान बरामद गरिएको हो ।


ADVERTISEMENT


कोठा खानतलासी गर्दा भन्सार छलीका विभिन्न मोटरसाईकल तथा गाडीका पाठपुर्जा, कपडा, छाता लगायत करिब ८ लाख बराबरको सामान बरामद गरि आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंजमा पठाएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले जानकारी दिए ।


ADVERTISEMENT

# # #