दोलखा – माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सञ्चालनमा आएको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको तामाकोशी जलविद्युत् आयोजना विभिन्न आरोह अवरोहपछि सोमवारदेखि सञ्चालनमा आएको हो ।


ADVERTISEMENT


सोमवारदेखि उक्त आयोजनाको ७६ मेगावट क्षमता भएको एक युनिटबाट परीक्षणका रुपमा विद्युत् उत्पादन शुरु गरिएको हो ।


ADVERTISEMENT

# # #


४५६ मेगावट क्षमता भएको यस आयोजनाको निर्माण २०६७ देखि निर्माण शुरु गरि २०६८ मा तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले शिलान्यास गरेको यस आयोजनाको सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक रुपमा भर्च्युल माध्यमबाट उद्घाटन गरे ।

कुल ३५ अर्ब लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको यस आयोजनामा हालसम्म ८४ अर्बभन्दा बढी खर्च भइसकेको छ । भदौसम्ममा सबै युनिट सञ्चालनमा ल्याउने योजना बनाएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।