काठमाडौं । नेपालका लागि जिप एसयूभीको आधिकारिक बिक्रेता एमएडब्लु लाइफले सोमबार नयाँ कम्पासलाई भर्चुअल माध्यमबाट सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


मिडिया पर्सन भूषण दाहाल र स्टाइल आइकन प्रशान्त ताम्राकारले सार्वजनिक गरेको यो गाडी जिप नेपालको फेसबुक र इन्स्टाग्राम पेजमा लाइभ ब्रोडकास्ट गरिएको थियो ।


ADVERTISEMENT

# # #


नयाँ कम्पासमा आकर्षक स्टाइल, अपडेटेड डिजाइन र नयाँ फिचरको सूची रहेको छ । नयाँ एसयुभी स्पोर्ट, लंगिच्युड, लिमिटेड र मोडल एस गरी चार ट्रिम र आठ भेरियन्टमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको ।

नेपालमा नयाँ कम्पासको मूल्य ८४ लाख ९० हजारदेखि १ करोड ३६ लाख ९० हजारसम्म तोकिएको छ ।