– निनम्मा राई


ADVERTISEMENT


गैर आवासीय नेपाली संघ (एनआरएनए) जर्मनीको २०२१–२०२३ कार्यकालका लागि निर्वाचनको मिति नजिकिँदैछ । यसकारण तयारी पनि व्यक्तिगत रुपमा तीव्र पारेको छु । यस पटक मैँले नेतृत्वको लागि अर्थात् अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिँदैछु ।


ADVERTISEMENT

# # #


एनआरएनए जर्मनीको २०२१-२०२३ कार्यकालका लागी मेरो भावी योजना तथा कार्यक्रमहरु यस प्रकार छन्

१. आकस्मिक सेवा कोष 

नारा:- तपाईंका अमुल्य सहयोगले, कसैको जीवन सहज बन्न सक्छ!
क्रियाकलाप:- जर्मनभरी छरिएर रहेका सम्पुर्ण नेपालीहरुको जीवनमा आईपर्ने आकस्मिक घटनाहरु (जस्तै:- बिरामी, दुर्घटना, मृत्यू, निर्दोष हुँदा हूँदै पनि आईपरेका कानुनी झै-झमेलाहरु) लगायत विविध आर्थिक सरोकार विषयहरुलाई तुरुन्तै सम्वोधन गर्नका लागि आकस्मिक सेवा कोषको स्थापना गरिने छ । जसमा एनआरएनए एनसीसी पदाधिकारी हरुबाट मासिकप्रति व्यक्ति तथा एनआरएनए एलसीसी पदाधिकारी हरुबाट मासिकप्रति व्यक्तिसंकलन गरी एनआरएनएको आकस्मीक कोष खातामा जम्मा गरीने छ । यसको हिसाब ३-३ महिनामा सार्वजनिक गरिने छ।

२. डिजिटल एनआरएनए

क. नेपाल पोर्टल
नारा:- शिक्षा, साहित्य र संस्कृति, मुटु-मुटुमा नेपालको आकृति
कृयाकलाप:- जर्मनमा रहेका नेपाली वालवालिकाहरुलाई अनलाईनको माध्यमबाट नेपाली भाषा पढउन, जर्मनीमा नेपाली कला, संस्कृति तथा प्राकृतिक अनुपमताको प्रवर्द्धन गर्न तथा जर्मनवासी नेपाली साहित्य अनुरागीहरुको साहित्यिक रचनाहरु सहित गायक अनि कलाकारहरुका प्रतिभाहरुलाई प्रचार प्रसार गर्न एउटा छुट्टै वेभपेज संचालनमा ल्याईने छ ।
ख. एनआरएनए जर्मनी पोर्टल
नारा:- मेरो संस्था मेरो पहिचान, गर्वका साथ म एनआरएन
कृयाकलाप:- एनआरएनए जर्मनीका गतिविधी, जर्मनीमा पढ्दा, कामगर्दा, व्यवसाय संचालन गर्दा वा हिंड्दा अपनाउनुपर्ने सावधानीहरु, कनुनी व्यवस्थाहरु, नेपाल दुतावासले उपलब्ध गराउने सेवाहरुसहित, कसैलाई तुरुन्तै कुनै कुराको जानकारी चाहिएमा सम्पर्क गर्नसक्ने Instantet Messaging System भएको वेभसाईट संचालनमा ल्याईने छ । यो कार्यक्रमबाट विशेष गरेर महिला, विद्यार्थी तथा पेशाकर्मी बढी लाभान्वित हुनेछन् ।

३. एनआरएनजर्मनी आन्टरप्रेनर फोरम

नारा:- व्यवसायिक सूचनाको, आधिकारीक चौतारी
कृयाकलाप:- व्यवसायी तथा व्यसाय गर्न चाहनेहरुको फोरम बनाई व्यवसायिक सूचनाको आदन प्रदान तथा सर-सहयोगको लागि उपर्युक्त वातावरण निर्माण गरिने छ ।

४. विकासका लागि विज्ञ समुह

नारा:- सम्बृद्ध नेपालका लागि हाम्रो आवद्धता, लगानी गर्छौ हाम्रा अनुभव र विज्ञता ।
कृयाकलाप:- यस कार्यक्रम अन्तर्गत हामी निम्न क्षेत्रका विज्ञहरुको समिति निर्माण गर्नेछौं
क. भौतिक पुर्वाधार विकास समिति ( जर्मनीमा वसोवास गर्ने विभिन्न प्रकारका ईन्जिनियरहरु)
ख. स्वास्थ्य तथा शिक्षा सुधार समिति ( जर्मनीमा वसोवास गर्ने नर्स तथा डाक्टरहरु सहित प्रोफेसर तथा शिक्षा क्षेत्रमा काम गर्ने विज्ञहरु)
ग. कृषि आधुनिकिकरण तथा सुधार समिति ( जर्मनीमा वसोवास गर्ने कृषि अनुसन्धन तथा कृषि क्षेत्रमा काम गरेकाहरु)
घ. विज्ञान, सूचना तथा प्रविधि सुधार समिति ( जर्मनीमा वसोवास गर्ने वैज्ञानिक तथा सूचना प्रविधिको क्षेत्रमा काम गर्ने व्यक्तित्वहरु)
ङ. उद्योग तथा व्यापार सुधार समिति ( जर्मनीमा वसोवास गर्ने उद्योगी तथा व्यापारीहरु)
माथि उल्लेख गरिएका प्रत्येक समितिहरुको वर्षमा कम्तिमा ४ पटक वैठक राखेर योजना, कार्यक्रम तथा सुधारका विषयहरुलाई समेटेर प्रतिवेदन तयार गरिने छ र बैशाख महिनाको पहिलो हप्ता त्यो प्रतिवेदन नेपाल सरकारलाई हस्तान्तरण गरिने छ । जसले निति तथा बजेट निर्माणमा सहयोग पुर्याउने छ ।

५. मातृभूमि परोपकार अभियान

नारा:- मातृभूमिकालागि गरौ योगदान, विकासमा लागि जागरण अभियान
कृयाकलाप:- नेपालमा हुने प्राकृतिक प्रकोपका घटनाहरु( आगलागी, बाढी पहिरो, भुकम्प, विभिन्न रोग-ब्याधीका महामारीहरु) मा राहत सहयोगलाई चुस्त र पारदर्शी बनाउँदै, सामाजिक समस्याहरु (छाउपढी, दाईजो, बालवालिकाको शिक्षा स्वास्थ्य, बृद्ध बृद्धाको लालनपालन आदि…) मा सहयोग तथा जागरण अभियान संचालन गरिने छ ।
अन्य कार्य-योजनाहरु

क. जर्मनीमा रहेका आम नेपालीहरुबीच भावनात्मक रुपमा एकता गराउँदै सामुहिक सहकार्यका लागि प्रेरणा जगाउन नेपाल र नेपाली संग सम्वन्धित कार्यक्रमहरु एकै स्थानमा आयोजना गर्न तथा नेपाली कला-संस्कृति, भेष-भूषा मौलिक चाड-पर्व, खान-पान तथा जिवन शैलिकाबारेमा अध्ययन तथा प्रत्यक्ष अनुभव गर्न चाहनेहरुको लागि नेपाल सेन्टरको स्थापनाको पहल गर्ने ।

ख. जर्मन सरकार र जर्मनी संघ संस्था संग एनआरएनए को सम्वन्ध निर्माण तथा विस्तारका लागि विशेष पहल गर्ने ।

ग. नेपाली वालवालिकाहरुको लागि अनिवार्य रुपमा नेपाली भाषा कक्षा संचालनका साथै नेपाली कला-संस्कृति, भेष-भूषा मौलिक चाड-पर्व, खान-पान तथा जीवन शैलिका वारेमा जानकारी गराउन वर्षमा कम्तिका १ पटक बाल भेलाको आयोजाना गर्न प्रत्येक एलसीसीलाई उत्प्रेरीत गर्ने ।

घ. ज्ञान सिपका साथै सुख दु:ख र अनुभवहरु आदान प्रदान गर्ने उद्देस्यका साथ बर्षमा कम्तिका १ पटक अग्रज भेलाको आयोजाना गर्न प्रत्येक एलसीसी लाई उत्प्रेरीत गर्ने ।

ङ. नेपाली मौलिक चाड-पर्वहरुलाई भब्य अनि व्यवस्थित बनाउने उद्देस्यले सामुहिकरुपमा सहभागितामुलक चाड-पर्व, उत्सव लगाएतका कार्यक्रम संचालन गर्न एक संस्था एक कार्यक्रमको अवधारणा अगाडि सारेको छु । जसमा एक संस्थाले एक कार्यक्रम संचालन गर्ने र वाँकि संस्थाले त्यसलाई सफल वनाउन सहयोग गर्नेछ । यी सबैको सुपरिवेक्षण तथा सहजिकरण सम्वन्धित एलसीसीले गर्नेछ ।

६. जर्मनीमा रहेका हरेक नेपाली परिवारको जन्म, विवाह तथा मृत्यू लगायतका मौलिक परंपरागत संस्कारहरुमा शुभकामना/समवेदना पत्रका साथै आवश्यकता अनुसार अन्य सहयोग गर्दै एनआरएनएप्रति अपनत्वको भावना जगाउने ।

७. नेपालको ग्रमिण क्षेत्रका किशोरी, गर्भवती तथा सुत्केरी आमाको प्रजनन् स्वास्थ्य, पोषण तथा मनोवैज्ञनिक असरहरू लगायतका विषयमा जनचेतना अभिवृद्धिका लागि विविध कार्यक्रम संचालन गर्ने ।

८. जर्मनी भरीका हरेक एलसीसीको संयोजनमा प्रत्येक एलसीसी अन्तर्गतका क्षेत्रमा वसोवास गर्ने अग्रज नेपालीहरुका वौद्धिक तथा ब्यवसायीक क्षेत्रमा भोगेका उतारचढाव तथा प्रेरणादयी प्रसंगहरुलाई समेटेर हरेक वर्ष मेरो कथा: भोगाईका गाथाहरु नामक पुस्तक प्रकासन गरीनेछ ।

९. एनआरएनए जर्मनीको स्थापना दिवसको अवसर पारेर प्रत्येक वर्ष डिसेम्वर महिनाभर एनआरएनए नयाँ सदस्यता वितरण तथा पुरानो नवीकरण अभियान संचालन गर्ने ।

१०. जर्मनीभर रहेका नेपाली अग्रज अविभावकहरुलाई समेटेर एनआरएनए अग्रज समिति निर्माण गरी उहाँहरुलाई अभिभावकीय भूमिकामा सम्मान दिने ।

११. AUPAIR तथा विद्यार्थीहरुलाई लक्षित गरेर समय समयमा काउन्सिलिङ कार्यक्रमहरु संचालन गर्ने ।

१२. जर्मनीभर रहेका आम यूवा तथा पेशाकर्मीहरुलाई लक्षीत गरेर छोटो अवधिका कुकिङ लगायतका ब्यायसायीक तालिम कक्षाहरुको संचालन गर्ने ।

१३. माथि उल्लेखित विषयहरु बाहेक, एनआरएनए जर्मनीले विगतदेखि संचालन गर्दै आएका राम्रा कामहरुलाई पनि निरन्तरता दिईनेछ ।