काठमाडौँ – पछिल्लो समय फाइबरनेट सेवामा आक्रामक रुपमा प्रस्तुत हुँदै आएको डिशहोम फाइबरनेटले आफ्नो सेवालाई देशका प्रमुख शहरहरुमा विस्तार गरेको छ ।


ADVERTISEMENT


आफ्ना डीटीएच ग्राहकहरुको उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गर्दै सन् २०२० मा मात्रै सेवा सुरु गरेको फाइबरनेट सेवा छोटो समयमा नै देशका प्रमुख सहरहरुमा सेवा विस्तार गर्न सफल भएको हो ।


ADVERTISEMENT

# # #


कम्पनीले सुरुवाताी चरणमा काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा र ईटहरीमा सेवा विस्तार गरेको थियो । डिशहोमले बर्दिवास, बुटवल, ढल्केबर, शंखमुल र विराटनगरबाट पनि फाइबरनेट सेवा प्रदान गरिरहेको छ ।

पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, जनकपूर, विरगंज लगायत अन्य स्थानमा पनि चाँडै पुग्ने कम्पनीले जनाएको छ । डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित, डिशहोमका ग्राहकहरुका लागी डिशहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम गो एप, एक्सभीओडी जस्ता विभिन्न सुविधाहरु उपलब्ध छन् । फाइबरनेटका योजनाहरु १० एमबीपीएस देखि १०० एमबीपीएससम्म उपलब्ध छन् ।