काठमाडौँ – नेपालले चीनसँग किनेको ४० लाख डोज कोरोनाविरुद्धको खोपको केही भाग लिन आज नेपाल वायुसेवा निगमको जहाज चीन जाँदैछ ।


ADVERTISEMENT


आज दिउँसो साढे तीन बजे निगमको विमान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उड्ने कार्यक्रम रहेको छ ।


ADVERTISEMENT

# # #


शुक्रवार १० लाख डोज खोप आइपुग्न लागेकोमा हरेक साता निगमको जहाज खोप लिन चीन जाने कार्यतालीका रहेको छ । सरकारले चीनको बेइजिङस्थित सिनोफार्म कम्पनीसँग ४० लाख डोज भेरोसेल खोप खरिद गरेकोमा खरिद मूल्य भने खुलाएको छैन ।