काठमाडौँ– कच्चा तेलको भाउ झन्झन् उकालो लागने क्रम उच्च देखिएको छ । गएको पछिल्लो ६ महिनाको अवधिलाई हेर्ने हो भने विश्वभर कच्चा तेलको भाउमा ४५ प्रतिशतले वृद्वि भइसकेको छ । जुन हाल प्रतिब्यारेल झण्डै ८० डलर हुन पुगेको छ ।

अन्तराष्ट्रिय बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मुल्य शुक्रबार मूल्य थोरै अर्थात् ०.११ प्रतिशत तल झरेको कारण ७५.७६ डलर प्रतिब्यारेलमा कारोबार भएको थियो । अन्यथा गत जनवरी १ तारिखमा प्रति ब्यारेल ५१.८० डलरमा कारोबार भएको कच्चा तेल गत जुनको अन्त्यसम्ममा आइपुग्दा ४५ प्रतिशतले वृद्धि भैसकेको छ। गत जुनमा ब्रेन्ट ८ प्रतिशत र डब्लुटिआई १० प्रतिशतले बढेको छ। यो दुवै बेन्चमार्कको सन् २०१८ अक्टोबर यताकै उच्च रेकर्ड हो ।


ADVERTISEMENT

# # #


विश्लेषकहरुले कोभिड १९ को खोप, लकडाउन बिस्तारै खुकुलो हुँदै जानु र ओपेक तथा गैर ओपेक सदस्यहरुको उर्जा संगठन ओपेक प्लसका सदस्यहरुले तेलको उत्पादनमा भारी कटौती गर्नुलाई तेलको मूल्य वृद्धिको कारक संयोजन मानेको छ ।

कता डोहोरिएला त तेलको मुल्य ?

गोल्डम्यान साचले ब्रेन्टको मूल्य सन् २०२१ को तेस्रो त्रैमासमा औसतमा ८० डलर प्रति ब्यारेलकै हाराहारीमा रहने बताएको छ। मागमा फेरि भारी मात्रामा बृद्धि हुने आँकलन गर्दै उसले तेलको मूल्य राम्रै बढ्ने प्रक्षेपण गरेको हो।

जेपी मोर्गानले पनि कच्चा तेलको मूल्य ८० डलर प्रति ब्यारेलको हाराहारीमै रहने अपेक्षा गरेको छ।

बैंक अफ अमेरिकाका विश्लेषकहरुले भने तेलको मूल्य बुलिस ट्रेन्डमा जाने बताएका छन्। उनीहरु आगामी वर्षको गृष्म महिनासम्ममा बेन्टको मूल्य प्रति ब्यारेल १ सय डलरभन्दा माथि जाने तर्क गर्छन्। यसो भएको खण्डमा तेलको भाउमा सन् २०१४ यताकै पहिलोपटक तीन डिजिटको मूल्य कायम हुने छ।

ओपेक, द इन्टरनेशनल इनर्जी एजेन्सी र युएस इनर्जी इन्फर्मेसन एडमिनिस्ट्रेसन यी तीनवटै प्रमुख एजेन्सीहरुले सन् २०२१ को दोस्रो सत्रमा मागमा हुने वृद्धिका कारण मूल्यमा पनि तीब्र बृद्धि हुने प्रक्षेपण गरिसकेको छ। र, यो ट्रेन्ड सन् २०२१ भरी नै निरन्तर रहिरहने आकलन गरिएको छ ।

विश्वभर फैलिइरहेको कोभिड १९ को डेल्ट भेरियन्टका कारण तेलको माग बढ्ने वा इरानी तेल बजारमा फेरि आउनेबारे यसै भन्न सकिने स्पष्ट अवस्था छैन ।

लकडाउन तथा बढ्दो मूल्यबृद्धिका कारण चीनमा पनि फ्याक्ट्री ग्रोथ सुस्ताएको अवस्था छ।

मोर्गान स्टानलेका प्रमुख तेल विश्लेषक मार्टिन र्याटस् भन्छन्, ‘कच्चा तेलको बजारले मूल्य बृद्धिका लागि प्रभावकारी उपायहरु खोजिरहेको अवस्थामा यसले तेलको मागमा हुने बृद्धिलाई नोक्सानी पुर्याउन सुरु गरिरहेको छ ।’

थप बोल्दै उनी भन्छन्, ‘यो विश्लेषण गर्न निकै अफ्ठेरो अवस्था हो। त्यसैले हामीले यसलाई ८० डलर प्रतिब्यारेल वा यसकै वरिपरी रहने आँकलन गरेका छौं । त्यसभन्दा पर हामी डिमान्ड डिस्ट्रक्सन हुने पनि आँकलन गर्न सक्छौं’, र्याट्सले भने।

यदि चाँडै नै तेलको माग बढेन भने यसले आर्थिक बृद्धिमा समेत प्रभाव पार्ने देखिन्छ किनभने अन्य धेरै किसिमका औद्योगिक आर्थिक प्रक्रियाहरु समेत यसैमा निर्भर रहेका हुन्छन् ।

मोर्गान स्टानले सन् २०२२ को मध्यसम्म ब्रेन्ट तेलको ७५ देखि ८० डलर प्रति ब्यारेलमा कारोबार हुने विश्वास गर्छ।

बिहीबार मात्रै भएको वार्तामा ओपेक र यसका गैर ओपेक साझेदारहरु ९ओपेक प्लस०ले तेलको आपूर्ति बढाउने विषयमा तत्काल कुनै निर्णय नगर्ने भएका छन्। तत्काल आपूर्ति सहज बनाउन यूएईले बनाइरहेको योजना पनि हाललाई रोकेको छ। मध्यपूर्वका उत्पादक समूहहरु यस बारेमा छलफल गर्न वार्तामा बस्दैछन्।

एस एण्ड पि ग्लोबल प्लाट्सका प्रमुख विश्लेषक क्रिस मिडग्लेका अनुसार ओपेक प्लसको बैठकले तेलको मूल्यमा प्रभाव पार्न सक्ने बलियो आधार देखिन्छ किनभने उनीहरुको निर्णयले आगामी महिनादेखि तेलको आपूर्तिमा कस्तो प्रभाव पर्छ? त्यसले निर्धारण गर्छ।

उनी भन्छन्, ‘ओपेक तेलको भाउ ७० डलर प्रतिब्यारेल होल्ड गर्ने प्रयासमा छ। तर, फरवार्ड कर्भूले के देखाउँछ भने तेलको फेयर भ्यालू त्यो भन्दा पनि तलै हुनुपर्छ। (सिएनबिसीबाट भावानुवादित)

प्रतिकृया

प्रतिकृया