कञ्चनपुर– चट्याङ लागेर भीमदत्त नगरपालिका– ९ मटैनाका ५३ वर्षीय वीरसिंह महराको आज बिहान मृत्यु भएको छ । यस्तै, चट्याङकै कारण मृतकका १८ वर्षीय छोरा लालसिंह घाइते भएका छन् ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार घरको बरण्डामा बाबुछोरा बसेका बेला चट्याङ लागेको थियो । चट्याङ लागेर घाइते भएका लालसिंहको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताइएको छ । रासस


ADVERTISEMENT

# # #