काठमाडौँ – नेकपा एमालेभित्रको विवाद अन्त्यका लागि सहमति भएको छ । ३ घण्टा लामो छलफलपछि नेकपा एमालेको कार्यदलले आइतवार राति २०७५ जेठ २ मा फर्किने गरी सहमति जुटाएको हो ।


ADVERTISEMENT


कार्यदलका संयोजक भीम रावलकाअनुसार पार्टीका सबै तहका कमिटी, निकाय, संगठन जेठ २ अघिको निर्णयअनुसार रहने गरी सम्झौता भएको हो । उनले जेठ ३ गते केन्द्रिय कमिटीमा मनोनयनमा भएकालाई पनि समेट्ने निर्णय भएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


विवाद अन्त्यका लागि एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपाल पक्षबीच १० बूँदे सहमति भएको हो ।

No photo description available.