काठमाडौँ– जनता समाजवादी पार्टी नेपाल (जसपा) ले बालकुमारीस्थित भर्खरैकार्यकारिणी समितिको बैठक शुरु गरिएको छ ।
सर्वाेच्च अदालतले सोमबार गरेको निर्णयसंगै प्रधानमन्त्री नियुक्त भएका नेपाली कांग्रेसका सभापति देउवा नेतृत्वको सरकारमा जाने वा नजाने ? भन्ने विषयबारे छलफल गर्नका लागि पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा उक्त बैठक बसिएको बुझिएको छ ।
सो बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादव र डॉ बाबुराम भट्टराई पक्षधर एवम् काठमाण्डौमा उपलब्ध कार्यकारिणी समिति सदस्यहरुले सहभागीता जनाएका छन् ।