काठमाडौँ – महानगरीय प्रहरी परिसरले स्मारिका प्रकाशित गरेको छ । मंगलवार परिसले पहिलोपटक समुदाय–प्रहरी साझेदारी अवधारणाअन्तर्गत ‘हर प्रहर गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ नाराका साथ उक्त स्मारिका विमोचन गरेको हो ।


ADVERTISEMENT


महानगरीय प्रहरी परिसर काठमाण्डौँका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिहंसहितको उपस्थितिमा महानगरीय प्रहरी कार्यालय रानिपोखरीका प्रमूख प्रहरी अतिरिक्त महानिरीक्षक हरि वहादुर पालबाट उक्त स्मारिका २०७८ विमोचन भयो ।


ADVERTISEMENT

# # #


परिसरद्धारा स्थानिय सरकार र समुदायको सहकार्यमा सहकार्य ३ वर्षयता शान्ति सुरक्षाको व्यवस्थापन, अपराध रोकथाम, नियन्त्रणका क्षेत्रमा भएका ४१ हजार ८ सय ५१ वटा विभिन्न कामहरुको अभिलेख समेटिएको छ ।