काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारी निवास छोड्ने भएका छन् । यस घडीमा उनलाई साथ दिदैँ उनका समर्थकहरुले उनलाई बालकोटसम्म पुर्‍याउन बालुवाटारमा भेला भएका छन् ।


ADVERTISEMENT


सरकारी निवास छोड्दै गर्दा उनको स्वागतमा एमाले कार्यकर्ताहरु बालुवाटारस्थित सरकारी निवासमा भेला भएका हुन् ।


ADVERTISEMENT

# # #


कांग्रेसका सभापति शेरबहादुर देउवाको नियुक्तसंगै प्रधानमन्त्रीको पदस्थबाट हटेका निवर्तमान प्रधानमन्त्री ओलीलाई स्कर्टिङ र स्वागत गर्दै २ हजार गाडी र ३ हजार मोटरसाइकलसहित स्कर्टिङ र स्वागत गर्दै बालुवाटारदेखि निजी निवास बालकोटसम्म पुर्‍याउने कार्यक्रम रहेको एमालेका युवा ईन्चार्ज महेश बस्नेतले जनाएका छन् । यसका लागि उनले बालुवाटारमा भेला हुन कार्यकर्ताहरुलाई आह्वान समेत गरेका थिए ।

सोमबार सर्वोच्चले संविधानको धारा ७६ (५)अनुसार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि मंगलवार देउवा प्रधानमन्त्री नियुक्त भएका हुन् । यस्तै, ओलीले हिजो नै पद छोड्नुअघि देशवासीका नाममा बिदाई सम्बोधन गर्दै आफ्नो कार्यकाल सफल रहेको दाबीसहित सरकारबाट बाहिरिनु पर्दा आफूलाई रत्तिभर चिन्ता नभएको धारण व्यक्त गरेका थिए ।