काठमाडौँ – नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई भेट्न उनकै निजी निवास कोटेश्वर पुगेका छन् । माधव नेपाल केही दिनदेखि जनै खटिरा आएर अस्वस्थ भएपछि देउवा उनकै भेटका लागि उनकै निवास पुगेका हुन् ।


ADVERTISEMENT


दुई नेताबीच पछिल्लो समय विकसित राजनीतिक परिदृश्य र आगामी रणनीतिकाबारेमा छलफल हुने बताइएको छ । माधव समूहका २६ जना सांसदको समर्थनमा प्रधानमन्त्री बनेका देउवाले माधव पक्षलाई पनि सरकारमा सहभागी हुन प्रस्ताव गरिरहेका छन् । तर, माधव समूहले एमाले एकताको बिन्दुमा पुगेको भन्दै तत्कालै सरकारमा नजाने संकेत गरिसकेका छन् ।


ADVERTISEMENT

# # #


यद्दपी उनले प्रतिनिधिसभालाई बचाउन देउवालाई सहयोग गर्ने बताइरहेका छन् । देउवालाई बधाई दिन उनी मंगलबार राष्ट्रिपति कार्यालय शीतल निवास समेत पुगेका थिए ।

सोमबार सर्वोच्च अदालतले संसद विघटनलाई बदर गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने परमादेश जारी गरेसँगै उनले मंगलबार मात्रै प्रधानमन्त्रीको शपथ लिएका थिए । देउवालाई प्रधानमन्त्री बनाउन माधव नेपालको सहयोग रहेको छ । संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले प्रतिनिधिसभामा ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।