काठमाडौँ – काठमाडौँ उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठक आज बस्दैछ ।


ADVERTISEMENT


आज राति १२ बजेदेखि पछिल्लो समय थपिएको निषेधाज्ञाको समय सकिने भएकाले नयाँ निर्णयका लागि बैठक बस्न लागेको हो ।


ADVERTISEMENT

# # #


आज दिउँसो ४ बजे बस्न लागेको बैठकमा लामो दूरीको यातायात खुुलाउने/नखुलाउने भन्नेबारे छलफल गर्नेछ । लामो दूरीको यातायात खुलाउनुपर्नेबारे छलफल भएकोमा उक्त बैठकले निर्णय गर्ने काठमाडौँका सीडीओ कालीप्रसाद पराजुलीले बताए । ‘लामो दूरीको यातायातबारे छलफल हुन्छ के गर्ने भन्ने निर्णय भने बैठकले नै गर्नेछ,’ उनले भने ।

यद्दपी, यातायात खोल्नेबारे छलफल भएको काठमाडौँ सीडीओ कार्यालय स्रोतले बताएको छ ।