बाग्मती– मकवानपुर जिल्लामा मानवाधिकार उल्लङ्घनको घटना वृद्धि भएको एक तथ्याङ्कले देखाएको छ ।


ADVERTISEMENT


सन् २०२० मा जिल्लामा ६२ मानव अधिकार उल्लङ्घनको घटना घटेको थियो । सन् २०२१ को जनवरीदेखि जुनसम्ममा ४९ वटा उल्लङ्घनको घटना घटेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जानकारी दिएको हो ।


ADVERTISEMENT

# # #


यो वर्षमा बन्दाबन्दी तथा निशेषाज्ञा भए पनि मानवाधिकार उल्लङ्घनको घटना भने खासै कमी आएको छैन । हिंसामा धेरै महिलापीडित छन् । जनवरीदेखि जुनसम्मको ४९ घटनामा ५० जना पीडित भएका छन् भने सबैभन्दा धेरै ४७ जना महिलापीडित भएको इन्सेकले जनाएको छ । तेइस बालबालिका पीडित भएकामा १८ जना बलात्कार र पाँच यौन दुर्व्वहारबाट पीडित भएको छ ।

इन्सेकले बिहीबार सरोकारवालासँग जिल्लामा मानवाधिकारको अवस्था तथा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को अर्धवार्षिक समीक्षा गरेको छ । सरोकारवालाबाट आएको सुझावले वर्ष २०२२ को पुस्तक तयार गर्न अझ सहयोग पुग्ने बताइएको छ । रासस