मकवानपुर–हेटौँडा उपमहानगरपालिकामा पछि थपिएका वडाका सडक पक्की बन्नेक्रम निकै बढेको छ ।


ADVERTISEMENT


कच्ची रहेका गाउँका सडक स्लाब ढलान गर्नेक्रम पछिल्लो समयमा निकै बढेको हो ।


ADVERTISEMENT

# # #


यसैक्रममा हेटौँडा उपमहानगरपालिका–१२ आलदमारमा सडक ढलान गरिएको छ । आर्थिक वर्ष ०७७/०७८ मा विनियोजन कूल रु १६ लाख लागतमा स्लाब ढलान सम्पन्न गरिएको हो । १६२ मिटर लम्बाइ रहेको सडकमा पाँच मिटर चौडाइ रहेको हो ।

हेटौँडाका पछि थपिएका वडामा सडक पक्की निर्माण गर्नका लागि उपमहानगरपालिकाले थप रकम विनियोजित गरेर विभिन्न सडक निर्माण सम्पन्न गरेको छ । हेटौँडाका पछि थपिएकामा वडामा विकास निर्माणलाई प्राथमिकता दिएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए ।

यसैबीच हेटौँडामा शारीरिक व्यायमका लागि जिम हल निर्माण गरिएको छ । हेटौँडा–१४ मयुँरधापमा उपमहानगरपालिकाको कूल रु १५ लाख ५० हजार लागतमा जिम भवनको निर्माण गरिएको हो ।

समाजकल्याण युवा क्लब मयुरधापले अब यस भवनमार्फत सर्वसाधारणका लागि जिम (शारीरिक व्यायाम) गराउने छ । हेटौँडाका प्रत्येक वडामा जिम क्लब खोल्ने अभियानअनुसार हेटौँडा – १४ मा पनि जिम क्लबको भवन निमार्ण गरिएको उपमहानगरपालिका प्रमुख हरिबहादुर महतले जानकारी दिए । रासस