काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले विदेशी हस्तक्षेपमा आफू नेतृत्वको सरकार ढलेको जिकिर गरेका छन् । शुक्रबार संसद भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले नेपालको सरकार परिवर्तनमा विदेशी हस्तक्षेप भएको आरोप लगाएका हुन् ।


ADVERTISEMENT


उनले सर्वोच्च अदालतको संवैधानिक इजलास गठनकै बेलादेखि फैसलाको पूर्वाभ्यास भइसकेको समेत उनले बताए । पूर्वप्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले जनता र देशका लागि निकै काम गरेको र अबको सरकारले त्यसको जस लिने तर्क गरे ।


ADVERTISEMENT

# # #


मुलुकलाई निर्दलियतातर्फ लैजाने षडयण्न्त्र भइरहेको जिकिर गरे । त्यस्तै उनले एमाले बिभाजन गर्ने षडयन्त्र भइरहेको भन्दै सचेत हुनुपर्ने बेला आएको बताए ।

बैठकले अदालतको फैसलाविरुद्ध देशभर भण्डाफोर गर्ने निर्णय गरेको छ । बैठकमा माधव नेपाल पक्षका सांसदहरुको भने सहभागिता रहेको थिएन ।