काठमाडौँ – सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएपछि रिहा भएका नेत्रविप्लव चन्द विप्लव समूहका नेता हेमन्त प्रकाश वलीले अहिलेको संसदीय व्यवस्था नै परिवर्तन गर्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार महाराजगंजमा आयोजित स्वागत कार्यक्रममा उनले अहिलेको व्यवस्थाका कारण जनताको अवस्थामा कुनै सुधार नआएको भन्दै संसदीय व्यवस्था नै परिवर्तन गर्नुपर्ने बताएका हुन् । उनले जनताको मन नजिति मुलुकमा वास्तविक जनतन्त्र नआउने बताए ।


ADVERTISEMENT

# # #


‘हामीले पूरानो राज्य सत्ता बदल्ने कुरामा विशेष ध्यान दिनु पर्छ । वैज्ञानिक समाजवाद भनेपछि थुप्रै छलफल गर्नुछ ।’ उनले भने, ‘त्यो ल्याउन पनि सजिलो छैन । तर, त्यो ल्याउनै पर्छ, आउनै पर्छ । कांग्रेसले नमाने पनि त्यो आउँछ ।’ वलीले अहिलेको कम्युनिष्ट वास्तविक कम्युनिष्ट नभएको आरोप लगाए । उनले आफु चार बर्षपछि बाहिर आएको भएपनि जेलजीवन आफ्नो लागि नौलो नभएको बताए ।

केही वर्षअघि ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा विप्लव समूहले गराएको बम विष्फोटमा संलग्न भएको आरोपमा वलीलाई पक्राउ गरिएको थियो । उहा मुटुको उपचारका लागि शहिद गंगालाल हृदयकेन्द्रमा भर्ना भएका बेला सर्वोच्चले साधारण तारिकमा रिहा गर्न आदेश दिएको हो ।