काठमाडौँ – नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । आइतबार सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको सांसद मातृका यादवले जानकारी दिए ।


ADVERTISEMENT


उनले प्रतिनिधिसभा विघटनविरुद्ध हस्ताक्षर गर्ने सांसद भन्दा पनि धेरै मत देउवाले पाउने दाबी गरे । उनले १५० जनाभन्दा बढी सांसदले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने पनि बताए । प्रतिनिधि सभा निरन्तर चलोस् भन्ने पक्षमा माओवादी केन्द्र रहेको उनले बताए ।


ADVERTISEMENT

# # #


सत्ता समिकरणका बारेमा भने बैठकमा छलफल नभएको उनले जानकारी दिए ।