गुल्मी–  बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको माइक्रो बस गुल्मीको वीरवासमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


आज बिहान तम्घासका लागि छुटेको बा४ख ५५०१ नंको माइक्रो गुल्मी दरबार गाउँपालिका वडा नं ४ मा दुर्घटना भएको हो ।


ADVERTISEMENT

# # #


दुर्घटनामा सातजनाको मृत्यु भएको र छजना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिए। बुटवलबाट १३ जना यात्रु लिएर उक्त माइक्रोबस तम्घास आएको थियो ।

दुर्घटनमा मृत्यु हुनेहको सनाखत हुन नसकेको र प्रहरी र स्थानीयवासी उद्धार कार्यमा जुटिरहेको प्रमुख जिल्ला अधिकारी गोपाल आर्यालले जानकारी दिए ।

घाइतेको अवस्था हेरेर प्रहरीलाई पाल्पा पठाउन भनिएको उनले बताए । दुर्घटनाको कारण खुल्न सकेको छैन । गाडीमा चालकसहित १५ जना रहेकामा अन्य दुईजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।