काठमाडौँ– उदयपुरबाट ओखलढुंगा जादै गरेको ना १ ज ३४०४ नम्बरको टाटा सुमो कटारी नगरपालिका–११ ठाटी भन्ज्याङमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


उनीहरुको सनाखत हुन सकेको छैन । १० जना सवार सो टाटासुमो सडकबाट करिब ४ सय फिट तल खसेको जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले बताए ।


ADVERTISEMENT

# # #


जिपमा सवार अन्य दुई जना भने घाईते भएका छन् ।

गुल्मीमा ८ जनाको मृत्यु,  ६ जना घाइते

बुटवलबाट तम्घासतर्फ जाँदै गरेको बा४ख ५५०१ नम्बरको माइक्रो बस गुल्मी दरबार गाउँपालिका स्थित वीरबास भन्ने स्थानमा सोमबार दिउँसो दुर्घटना भएको छ ।

बस भिरबाट करीब ३०० मिटर तल खसेको स्थानीयले जानकारी दिएका छन् । दुर्घटनामा परि ८ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । माइक्रोमा चालकसहित कम्तीमा १५ यात्रु सवार रहेको बताइएको छ ।