चितवन– चितवन राष्ट्रिय निकुञ्जमा आइतबार दुई गैँडा मृतावस्थामा फेला परेका छन् । तीमध्ये एउटा बूढो र अर्को केटा छन् ।


ADVERTISEMENT


निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार कसरा नजिकै राप्ती नदी किनारमा दुई महिनाको केटा मृतावस्थामा फेला परेको हो । उनले केटाको बाघको आक्रमणबाट मृत्यु भएको हुनसक्ने जनाएका छन् ।


ADVERTISEMENT

# # #


यसैगरी, अमलटारी सेक्टरअन्तर्गत रतनपुर घाटमा अन्दाजी ३० वर्षको अर्काे गैँडा मृतावस्थामा फेला परेको छ । नारायणी नदीका किनारमा बालुवामा गढिएका अवस्थामा भाले गैँडा भेटिएको हो । ती गैँडाको खाग र खुर सुरक्षित रहेको जनाउँदै उनले प्राकृतिक कारणले मरेको बताए ।

गत आर्थिक वर्षमा प्राकृतिक कारण र चोरी र शिकारले निकुञ्जमा ३२ र अघिल्लो आवमा प्राकृतिक कारणले २६ गैँडा मरेका थिए । रासस