काठमाडौँ – नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने आफ्ना २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


सोमबार ललितपुरको च्यासलमा बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले पार्टीको निर्णय विपरित मत दिएको भन्दै माधव नेपालसहितका २२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको गरेको प्रवक्ता प्रदीप ज्ञपालीले जानकारी दिए । आइतबार प्रतिनिधिसभाको बैठकमा माधव नेपालसहितका एमाले सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए ।


ADVERTISEMENT

# # #


देउवालाई माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ ‘किसान’ले मत दिएका थिए ।

यस्तै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवाको समर्थनमा मत हालेका थिए ।