काठमाडौँ– परीक्षा राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीका कारण स्थगन भएको कक्षा १२ को परीक्षा  यसै साउनको अन्तिमबाट सञ्चालन गर्ने तयारी थालेको छ ।


ADVERTISEMENT


उच्च शिक्षाको परीक्षा सञ्चालन सम्बन्धमा बोर्डले दुई हप्ताअघि भौतिक उपस्थितिमा परीक्षा गराउने अनुमति माग गर्दै शिक्षा मन्त्रालयमा पठाएको निवेदनप्रति कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सकारात्मक रहेको देखिएपछि परीक्षा सञ्चालनको निम्ति तयारी थालिएको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जनाएका हुन् ।


ADVERTISEMENT

# # #


बैठकले निर्णय गरेको कपी भोलिसम्म आइपुग्ने जनाउँदै पौडेलले त्यसपछि भने बोर्डको बैठक बसेर साउन चौथो हप्ताभित्र परीक्षा सञ्चालन गर्ने गरी निर्णय लिइने जनाए ।

उनका अनुसार, बैठक निर्णयअनुसार नै बोर्डले परीक्षा केन्द्र एवम् मिति तोकी परीक्षा तालिका सार्वजनिक गर्नेछ ।

यस्तै, गतवर्ष पनि कोरोना महामारीका कारण देखाउँदै बोर्डले कक्षा १२ का परीक्षार्थीको समय र अंकभार घटाएर ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाका आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकनको आधारमा परीक्षा लिएको थियो । यद्यपि यस वर्ष भने विद्यार्थीलाई सय अंकको पूर्णाङ्कमै परीक्षा लिइने जनाउँदै बोर्डले त्यसैअनुरुप तयारी थाल्न विद्यार्थीलाई आग्रह समेत गरेको छ ।