काठमाडौँ– नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाले भेरोसेल खोपको दोस्रो मात्रा लगाउन पत्रकारलाई बुधबार आउन अनुरोध गरेको छ ।


ADVERTISEMENT


महासङ्घ ललितपुर शाखाका सचिव रामहरि कार्कीले आज जारी गरेको सूचनामा स्वास्थ्य कार्यालय ललितपुरमा कोभिड–१९ विरुद्धको सो खोप बुधबार पत्रकारलाई दिइने उल्लेख गरिएको छ ।


ADVERTISEMENT

# # #


उक्त पत्रमार्फत नै शाखाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका पत्रकारलाई दोस्रो मात्रा लगाउन र खोप लगाउन जाँदा सो कार्ड र सूचना विभाग तथा नेपाल पत्रकार महासङ्घले जारी गरेको परिचयपत्र अनिवार्य साथमा लिएर आउनसमेत आग्रह गरेको हो ।

यसअघि भेरोसेल खोपको पहिलो मात्रा पत्रकारले गत असार ६ गते महासङ्घको संयोजन तथा स्वास्थ्य कार्यालय ललितपुरको सहयोगमा लगाएका थिए । रासस