काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) ले संसदीय दलको विधानलाई सर्वसम्मतिले पारित गरेको छ ।


ADVERTISEMENT


सिंहदरबारमा मंगलबार बसेको जसपा संसदीय दलको बैठकले संसदीय दलको विधान २०७८ को विधान पारित निर्णय गरेको जसपा अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । बैठकमा विधान मस्यौदा प्रस्तुत भई छलफल भएको र आएका सुझावहरु समेतलाई समावेश गरी संघीय संसदीय दलको विधान २०७८ पारित गर्ने निर्णय गरेको उनले बताए ।


ADVERTISEMENT

# # #


यादवले संसदीय दलको बैठकबाट पारित विधानलाई अनुमोदनका लागि केन्द्रीय कार्यसमितिमा पठाउने निर्णय भएको जानकारी दिए । संसदीय दलको नेता चयनका बिषयमा केहिदिनभित्रै बैठक बस्ने उनले बताए ।

संसदीय दलका जेष्ठ सदस्य महिन्द्रराय यादवको अध्यक्षतामा बसेको बैठकमा २२ जना सांसद उपस्थित थिए । ३२ सांसद रहेको जसपा दुई समूहमा विभाजित छ ।