काठमाडौँ– सांसद तुलसा थापा शुक्रबारदेखि शुरु हुन लागेको ओलम्पिक खेलमा प्रशिक्षको रुपमा जापान जाने भएकी छन् ।


ADVERTISEMENT


एमाले नेता वामदेव गौतमकी पत्नी रहेकी उनी नेपालका तर्फबाट खेलाडि, प्रशिक्षक र व्यवस्थापक समूह सहित जापान जान लागेकी हुन् ।


ADVERTISEMENT

# # #


उनले त्यहाँ जुडोको ‘टिम म्यानेजर’ को रुपमा आफ्नो भुमिका निर्वाह गर्ने बुझिएको छ । नेपालले यस वर्ष हुन लागेको ओलम्पिकमा नेपालले खेलका लागि ५ जना खेलाडि चयन गरेका छन् । र, उनीहरुका प्रशिक्षकका तर्फबाट ४ जना रहेका छन् ।

तर, व्यवस्थापकका नाममा १५ खेल पदाधिकारी टोकियो जाँदै छन् । जसमध्ये सांसद थापा पनि एक हो ।