काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले जसपाका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबारे गरेको एउटा ट्वीटको विरोध गरेका छन् ।


ADVERTISEMENT


बुधबार बाबुरामले ट्वीटरमा आदित्यनाथले गंगामा दूध अर्पण गरिरहेको एउटा तस्बिर पोष्ट गरेका थिए । उक्त तस्बिरमा ‘धार्मिक आस्था निकै खतरनाक कुरा हो, यसले तपाईंलाई दूध पोखेर पिशाब पिउने अवस्थामा पुर्याउँछ’ समेत लेखिएको थियो ।


ADVERTISEMENT

# # #


बाबुरामको ट्वीटलाई रिट्वीट गर्दै अध्यक्ष थापाले आदित्यनाथले खोलामा दूध बगाउँदा टाउको दुख्ने बाबुराम आफूले माओवादी जनयुद्धका बेला जिउँदै मान्छेलाई खोलामा बगाएको बिर्सिनु भयो भन्दै प्रश्न गरेका छन् ।

उनले भनेका छन्, ‘योगीले खोलामा दूध बगाउँदा तपाईंको टाउको दुख्छ तर तपाईं आफूले खोलामा मान्छेको रगत बगाएको, मान्छेको लास बगाएको, जिउँदै मान्छेलाई नै बगाएको चाहिँ बिर्सिनुभयो ?’ उनले आगोसँग नखेल्ने समेत बाबुरामलाई चेतावनी दिएका छन् ।