काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द (विप्लव)ले जनमत संग्रह गर्नु हुदैन भन्नेहरु लुटेराहरु भएको टिप्पणी गरेका छन् ।


ADVERTISEMENT


बुधबार काठमाडौंमा पार्टीको अंग्रेजी मुखपत्र रेडफ्रन्ट विमोचन गर्दै विप्लवले वैज्ञानिक समाजवादको विषयमा जनमत संग्रहमा जार्नुपर्ने भन्दै जनमत संग्रह गर्नु हुदैन भन्नेहरु लुटेराहरु भएको टिप्पणी गरेका हुन् । उनले अहिले मुलुकमा संसदीय व्यवस्थाको कुनै औचित्य नै नरहेको जिकिर गरे ।


ADVERTISEMENT

# # #


नेपालको राजनीतिमा विकृति र दलालीकरण भएको आरोप लगाउदै विप्लवले अहिले आफ्नो देशको निर्णय आफैं लिन नसक्ने अवस्थामा नरहेको तर्क गरे । पार्टी एकतादेखि फुटाउनेसम्म र सरकार बनाउनदेखि गिराउनेसम्मको काममा विदेशी हस्तक्षेप हुनु दुर्भाग्य रहेको उनले बताए ।

उनले प्रश्न गरे, ‘आफ्ना जनताको निर्णय लिँदा, आफ्नो देशको निर्णय लिँदा आफै निर्णय गर्न सकिँदैन र लागू गर्न सकिँदैन भने किन नेता बन्ने ? किन पार्टी खोल्ने ?’

उनले कम्युनिष्टले भन्दै आएको पूँजीवाद र कांग्रेसले भन्दै आएको लोकतन्त्रको परिभाषालाई पनि परिवर्तन गर्नुपर्ने बताए । ‘मैँले कांग्रेसका साथीहरुलाई भन्ने गरेको छु, तपाईंहरुले भन्ने गरेको संसदीय व्यवस्था र लोकतान्त्रिक समाजवाद एउटै हो कि फरक हो ?’ उनले प्रश्न गरे, ‘यसलाई परिभाषित गर्नुपर्यो नि । यी दुई अलग अलग हो भने के हो त्यो ल्याउनुपर्यो, बहस गर्नुपर्यो । एउटै हो भने किन भन्नु पर्यो लोकतान्त्रिक समाजवाद ? जनतालाई भ्रम पार्न ?’

विप्लवले आफूहरुलाई सकियो भन्नेहरुलाई चुनौती दिँदै समाजवादको कल्पना पूरा नभएसम्म आफूहरु क्रान्तिमा नै रहने स्पष्ट पारे ।