काठमाडौँ – मेडिकल व्यवसायी सुनील शर्माले पश्चिम नेपालको सबैभन्दा ठूलो स्वास्थ्य संस्था नेपालगञ्ज मेडिकल कलेजको शेयर खरिद गर्ने भएका छन् १ अर्ब ३५ करोड लगानी गरेर उनले मेडिकल कलेजको शेयर किन्न लागेको स्रोतले बताएको छ ।


ADVERTISEMENT


स्रोतकाअनुसार शेयर खरिदका लागि बैना समेत भइसकेकाले उक्त संस्थामा शर्मा भित्रिने लगभग पक्का भएको हो ।


ADVERTISEMENT

# # #


शर्मा सुदूरपश्चिम मेडिकल कलेजका पूर्व सञ्चालक हुन् भने काठमाडौँ स्थित पिपुल्स डेन्टल कलेज उनको स्वामित्वमा रहेको छ ।

वि.सं. २०५४ देखि एमबीबीएस अध्यापन शुरु गरेको मेडिकल कलेजको हालको मूल्यांकन २ अर्बभन्दा बढी रहेको छ । उक्त कलेजको स्वामित्वमा हाल नेपालगञ्जमा ७ सय सय्या क्षमताको अस्पताल, कोहलपुरमा ९ बिगाह क्षेत्रफलमा मेडिकल कलेज तथा अस्पताल र महेन्द्रनगरमा २१ बिगाह जमिन रहेको छ ।