बर्दिया- जिल्ला प्रहरी कार्यालय बर्दियाद्वारा अवैध रुपमा राखिएका काठ बरामद गरिएको छ ।


ADVERTISEMENT


प्रहरी कार्यालयले जनाए अनुसार, गुलरिया नगरपालिका –४ स्थित सौरभ फर्निचर एण्ड सःमिलमा अवैध रुपमा राखिएका काठ बुधबार बरामद गरिएको हो ।


ADVERTISEMENT

# # #


आवश्यक कागजपत्र नभई राखिएको काठको अन्दाजी मुल्य ७० हजारभन्दा माथि रहेको महाशाखाको भनाई छ ।

प्रहरी निरीक्षक हरिहर खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले बरामद गरिएको भनिएको सो काठ आवश्यक कारवाहीको लागी डिभिजन वन कार्यालय गुलरिया बर्दियामा बुझाईएको महाशाखाले जनाएको छ ।