काठमाडौँ – नेपालमा विहीबार थप २ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको ९ हजार १ सय २२ पीसीआर परीक्षणका क्रममा १ हजार ८ सय ५५ र ३ हजार ७ सय ७ एन्टीजेन परीक्षणका क्रममा ८५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख २७ हजार १६९ पुगेको छ । त्यस्तै थप २४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार ६ सय ६१ संक्रमितको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप १ हजार २ सय ८८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ३७ हजार ६९० संक्रमितले कोरोना जितेका छन् ।

हाल २७ हजार ३७५ संक्रमित आइशोलेशन र २९१ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३५ लाख ४ हजार १९१ वटा पीसीआर र २ लाख ७८ हजार ५६९ वटा एन्टीजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।