काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सत्य र न्यायको पक्षमा रहेकाहरु अत्तिनु नपर्ने बताएका छन् ।


ADVERTISEMENT


बिहीबार भक्तपुरमा पुष्पलाल स्मृती दिवसको सन्दर्भमा आयोजित पिपुल्स भोलेन्टियर घोषणा कार्यक्रममा नेता नेपालले सत्य र न्यायको पक्षमा रहेकाहरु आतिनु नपर्ने र अन्त्यमा सत्यको जीत हुने बताएका हुन् । पार्टीको नेतृत्व गलत भएका कारण समस्या आएको बताउदै नेता नेपालले अहंकारको घोडा चढेको बादशाहलाई घोडाबाट उत्रनुपर्ने अवस्था आए वास्तविकताको ज्ञान हुने धारणा राखे ।


ADVERTISEMENT

# # #


नेता नेपालले भविष्य युवा नेताहरुको जिम्मामा रहेको बताउदै क्रान्तिकारी पार्टी अघि बढाउने जिम्मा पनि युवाहरुको भएको बताए । जनताका बीचमा आत्मालोचना गरेर मैलो धुलो टक्टक्याएर अघि बढ्यो भने जनताले पत्याउने कम्युनिष्ट पार्टीलाई नै भएको उनको भनाई छ ।

‘समाजवादको भविष्य समाजवाद समाप्त हुन सक्दैन । नेपालमा कम्युनिस्ट पार्टीको भविष्य सुन्दर छ ।’ उनले भने, ‘केही कालो बादल मडारिएको होला । तर, त्यो हटाउने हो भने, शरिरमा लागेको मैलो टक्टक्याउने हो भने जनताले फेरि पनि पत्याउने कम्युनिस्ट पार्टीलाई नै हो ।’ नेपालले नेपाल कम्युनिष्ट पार्टी एकता गर्दा जुन सोच राखेर अघि बढेको हो त्यो हुन अझै नसकेको तर्क गरे ।

एमाले नेता नेपालले पिपुल्स भोलिन्टयर्स (पीभी) घोषणा गरेका थिए । उनले शिव श्रेष्ठ श्रवणको संयोजकत्वमा एक हजार एक सदस्यीय पिपुल्स भोलिन्टयर्स घोषणा गरे ।