काठमाडौँ – निर्वाचन आयोगले सनाखतका लागि स्वयं उपस्थित हुन जसपाको कार्यकारिणी समिति सदस्यलाई अनुरोध गरेको छ । जसपाको विवाद निरुपणका लागि आयोगले गठन गरेको इजलासले दल एकीकरण हुँदाका बखत प्रस्तुत भएका कागजातसहित उपस्थित हुन आग्रह गरेको हो ।


ADVERTISEMENT


निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार जसपाको विवाद निरुपणका लागि आयोगले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपिसहित साउन ११ गते बिहान ११ बजे आयोगमा उपस्थिन हुन आग्रह गरेको छ ।


ADVERTISEMENT

# # #


जसपा नेपालको आधिकारिकतासम्बन्धी विवादबारे निर्वाचन आयोगमा दुवै पक्षको दाबी बहस आजै सकिएको हो । आयोगको इजलासमा पार्टीको आधिकारिकता माथि दाबी गर्दै जसपा अध्यक्ष महन्थ ठाकुर पक्षबाट आठ जना र उपेन्द्र यादव पक्षबाट छ जनाले बहस गरेका थिए ।

पार्टीको आधिकारिकता दाबी गर्दै जसपाको अध्यक्ष ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले निर्वाचन आयोगमा निवेदन दिएपछि आयोगले सो विवादको निरुपणका लागि इजलास गठन गरी साउन ३ गतेदेखि बहस चलाएको थियो । दुवै पक्षले पार्टी आधिकारिकताको दाबी गर्दै आएका छन् ।