धरान- डिशहोमले आफ्नो फाइबर सेवा अब धरानमा पनि विस्तार भएको छ ।


ADVERTISEMENT


यसअघि नै काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, ढल्केबर र बिराटनगर गरी १० जिल्लामा आफ्नो सेवा सुचारु गरिसकेको सो संस्थाले सेवा प्रवाह जिल्लामा वृद्वि गर्दै धरानमा पनि सेवा विस्तार गरेको हो ।


ADVERTISEMENT

# # #


यस्तै, देशका ७७ वटै जिल्लामा आफ्नो सेवा प्रवाह गर्ने योजना बनाएको फाइबरले आगामी दिनमा छिट्टै नै नेपालका प्रमुख शहर पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, जनकपूर, विरगंज लगायतका स्थानमा पनि सेवा सुचारु गर्ने योजना लिएको छ ।

कम्पनीका अनुसार, सन् २०२० मा उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गर्दै आफ्ना DTH प्रयोगकर्ताहरुको माग पूरा गर्न फाइबरनेट सेवा सुरु गरेको डिशहोम प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ ।

उक्त, कम्पनीले फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित, डिशहोमका ग्राहकहरुका लागी डिशहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम GO App र XVOD जस्ता विभिन्न सुविधाहरु उपलब्ध गराउँदै आएका छन् । फाइबरनेटका योजनाहरु १० Mbps देखि १०० Mbps सम्म उपलब्ध छन् ।

डिशहोम फाइबरनेटको बारेमा थप जानकारी चाहिएमा ९८०१५४४००० मा संम्पर्क गरि जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।