काठमाडौँ – नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले क्रियाशील सदस्यता वितरणमा देखिएको समस्या छिटो भन्द छिटो समाधान गर्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार काठमाडौंमा गुरुराज घिमिरेद्वारा लिखित मृत्युसंगको साक्षात्कार कविता संग्रह विमोचन गर्दै नेता पौडेलले तोकिएको समयमा नै पार्टीको महाधिवेशन गर्न क्रियाशील सदस्यता वितरणमा देखिएको समस्या छिटो भन्द छिटो समाधान गर्नुपर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले भाद्रमा तय गरिएको महाधिवेशन हुन नसके पार्टी नै खारेज हुने खतरा रहेको भन्दै सबै संवेदशनशिल भएर महाधिवशेनमा केन्द्रीत हुनुपर्ने धारणा राखे । पौडेलले केन्द्रीय समिति र प्रदेश समितिको निर्वाचन पनि छिटो भन्दा छिटो हुनुपर्ने बताए ।

उनले महाधिवेशन बाहेकका अन्य अधिवेशनलाई विधान र कानूनले फरक नपार्नेगरि संशोधन गर्न सकिने धारणा राखे । कार्यक्रममा कांग्रेस नेताहरुले अग्रजले देखाएको बाटोमा पार्टीलाई अघि बढाउनका लागि सवै जिम्मेवार हुनुपर्ने बताए ।