काठमाडौँ– नयाँ शक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ का जनताले आफुलाई नै जिताउने बताएका छन् ।


ADVERTISEMENT


गोरखाको विकास र समृद्धिका लागि आफूले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनले फेसबुकमा लेखेका छन्, “जतिबेला गाउँमा बाटोहरु थिएनन् । थिए त ढुङ्गा छापेका गोरेटाहरु । मुलबाटो भरी खच्चडका दिसा हुन्थ्यो । दरौदीमा पक्कि पुल थिएन । झोलुङ्गेपुल थियो । त्यो बेला सामान वसारपसार गर्ने काम खच्चडले गर्थ्यो । यातायातको अभावका कारण थुप्रै बिरामीहरुले स्टेचरमा ज्यान गुमाएका उदारणहरु छन् ।


ADVERTISEMENT

# # #


“थुप्रै सुत्केरी आमाहरुले डोकोमा श्वास छाडेका थिए । पचास प्रतिशत भन्दा बढी गाँउमा बत्ती थिएन । टुकी मार्न बिर्सिएर थुप्रै घरहरु जलेका उदारण हामीसँग ज्वलन्त छन् । जलविद्युत आयोजनाको लागि दर्ता भएका खोलाहरु दलालका झोलामा थिए । जनता अन्धाकारमा, गोर्खा यस्तै–यस्तै अप्ठ्याराहरुमा बाँचेको थियो ।’’

उनले लेखेका छन् ‘जब उनी प्रम र अर्थमन्त्री भए त्यो बेलाबाट हजारौं गोर्खालिको मुहारमा बिकास र समृद्धिको मुस्कान ल्याइदिने प्रयत्न गरीरहेका छन अझ भुकम्प जादा चाउचाउ खाएर हातमा बेल्च बोकेर गोर्खालीको घरघरमा पुगेका छन । यस्तै यी तमाम समस्याहरूको हल गर्न उनले गोर्खाको सबै क्षेत्रमा बिकासको जग बसालेका छन् जसलाइ पूरा गर्न पुन उनकै नेतृत्व चाहीन्छ त्यसैले प्रीय गोर्खाली आमाबाबा र मेरा दिदी दाइहरु उनलाइ जसरी भएपनी जीताउनैपर्छ