काठमाडौँ– आज यस महिनाको मध्यदिन अर्थात्, साउन १५ । चाडपर्व एवम् संस्कृतिको धनी हाम्रो देशमा यस दिनलाई पनि एक विशेष अवसरको रुपमा लिइन्छ । परापूर्व कालदेखि नै यस दिनको अवसरमा घर–घरमा खिर बनाएर खाइने र मनाउने चलन रहदैँ आएको छ । यस पर्वको शुरुवात कहिलेदेखि शुरु भयो? भन्ने उचित यकिन भने छैन ।


ADVERTISEMENT


यसकारण खाइन्छ साउन पन्ध्रमा खिर


ADVERTISEMENT

# # #


सामान्यतया: असार र साउन मासको धान रोपाइँमा हिलोमा धसिएर काम गर्दा चिसोले गर्ने भएकाले यसबाट देखापर्ने शारीरिक स्वास्थ्य समस्याहरु कम होस् वा त्यसले शरीरमा धेरै असर नपुर्‍याओस् भन्ने हेतुले आजको दिनमा खीर खाने गरेको र सो नै कालान्तारमा गई संस्कृतिको रुपमा स्थापित हुन पुगेको बूढापाकाको भनाइ छ ।

यद्यपि यसपालि वर्षभरि गुजारा चलाउने मुख्यबाली धान रोपाइँ असार मध्यपछिको मुसलधारे बर्खासँगैको भेलले रोपेको रोपो बगाएको, गलाएको र त्यसयताका बीउको अभाव एवं डुबान समस्याले अपेक्षित रोपाइँ नभए पनि खुशीले भन्दा परम्परा थेग्न मात्रै साउने १५ पर्व मनाउँने किसानहरु बताउँछन् ।

यस्ता छन्, खिर खानुका फाइदाहरु

खिर दुध, ल्वाँङ, सुकमेल, मरिच ड्राई फ्रुट्स, चिनी तथा चामल/साबुदानाको सम्मिश्रणबाट बनाइने मिठो परिकार हो । स्वादका हिसाबले यो जति स्वादिष्ट रहन्छ त्यति नै स्वास्थ्यका दृष्टिकोणले पनि लाभदायिक मानिन्छ । विशेषगरी पर्व स्वरुप आजको दिनमा खाइने खिरबाट स्वास्थ्यलाई मिल्ने विशेषता यस्ता रहेका छन् :

दुधको फाइदा

दुधलाई प्रोटिन, भिटामिन डि, ए तथा क्याल्सियको उचित स्रोत मानिन्छ । यसले शरीरको दाँत, हाडलाई मजबुल तुल्याउँदै शरीरमा लागेका घाउहरु छिटो निको पार्न समेत मद्दत गर्छ । यस्तै, मुटुरोगको जोखिमलाई कम गर्दै यसले व्यक्तिमा देखापर्ने ओस्टियोपोरोसीसको समस्यालाई समेत टाढा राख्न मद्दत गर्दछ ।

ल्वाँङ, सुकमेल तथा मरिचको फाइदा

खानालाई स्वादिष्ट बनाउन समेत प्रयोग गर्ने यी मसालालाई घरेलु औषधिको रुपमा समेत लिइन्छ । यी मसालको सेवनबाट व्यक्तिले चिसोबाट राहत, मुटु, फोक्सो, आँखा, घाँटी तथा मुखको स्वास्थ्यको लाभ लिदैँ टाउको दुख्ने समस्याबाट छुटकारा पाउनेलगायतका फाइदाहरु लिन सक्छन् । यस्तै, यौन स्वास्थ्यको दृष्टिकोणले पनि यी मसालाको प्रयोग उचित रहन्छ ।

चामल/साबुदानाको फाइदा

उसो त नेपालीहरु दैनिक खानामा चामलको भात प्रयोग गर्छन् । यद्यपि यसका विशेषताको बारेमा भने कमैलाई थाहा हुन सक्छ । चामल र साबुदाना दुवैले शरीरमा ऊर्जा प्रदान गर्दै व्यक्तिको स्वस्थ्य तौललाई प्रोत्साहन गर्दछ । यस्तै पान प्रणालीमा समेत सुधार ल्याउने यी आहारे सेवनले व्यक्तिको कोलेस्टोरलाई समेत नियन्त्रण गर्नमा मद्दत पुर्‍याउँछ ।
फ्रुट् नट्सको फाइदा

खीरलाई स्वादिष्ट पार्नका निम्ति अर्काे खाद्य पदार्थ भनेको फ्रट नट्स पनि हो । यसले शरीरको धमनीमा भएका प्लेक्सहरुको संकलन एवम् निर्मितमा महत्वपूर्ण भुमिका निर्वाह गर्दछ । यसका साथै यसले व्यक्तिको मुटु स्वास्थ्यमा समेत सुधार ल्याउन मद्दत गर्दछ ।

चिनी

चिनीलाई प्रतिरोध क्षमता बुस्ट गराउने उचित पदार्थको रुपमा पनि लिइन्छ । शरीरमा ऊर्जा समेत दिने यसको सेवनले व्यक्तिलाई उचित निन्द्रा प्रदान गर्न समेत मद्दत गर्छ । शरीरको थकान, टाउको दुखाई क मगर्ने तथा क्यान्सरको जोखिमलाई समेत क मगर्न मद्दत गर्ने यसलाई मानसिक स्वास्थ्य दृष्टिकोण पनि उत्तिकै लाभदायिक मानिन्छ । यसले व्यक्तिमा भएको रिस, चिन्ता तथा तनावलाई समेत क मगर्न मद्दत गर्छ ।