काठमाडौँ – ‘मदन पुरस्कार–२०७७’ का लागि ९ कृति छानिएका छन् । मदन पुरस्कार गुठीको बढीमा १० पुस्तकहरुको ‘श्रेष्ठ सूची’ तयार गर्न गठित समितिले विभिन्न ९ कृति पुरस्कारका लागि छनोट गरेको हो ।


ADVERTISEMENT


मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले प्राप्त २२२ कृतिमध्ये ७९ वटालाई छनौट समितिको सिफारिसमा ‘सर्ट लिस्टिङ’ गरिएको जनाएका छन् ।


ADVERTISEMENT

# # #


छनोट गरिएका कृतिहरुमा गिरि श्रीस मगरको ‘एकलव्यको देब्रे हात’, कृष्ण अविरलको ‘करिया’, कुमार नगरकोटीको ‘कल्प–ग्रन्थ’, भैरवबहादुर थापाको ‘नृत्याक्षर विज्ञान’ र प्रभा बरालको ‘फिलिङ्गो’ मनोनयनमा परेका छन् ।

यस्तै लेखनाथ क्षेत्रीको ‘फुलाङ्गे’, केशव दाहालको ‘मोक्षभूमि’, जेसन कुँवरको ‘रमिते’, भगिराज इंङनामको ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९–२०२०) उत्कृष्ट ९ कृतिभित्र अटाएका छन् ।

मदन पुरस्कार गुठीले हरेक वर्ष प्रकाशित हुनेमध्येको उत्कृष्ट कृतिलाई मदन पुरस्कार प्रदान गर्दै आएको छ । मदन पुरस्कारको राशी २ लाख रहेको छ ।