काठमाण्डौं : च्याम्पियन्स लिग अन्तर्गत मंगलबारको खेलमा जित दर्ता गर्दै पेरिस सेन्ट जर्मन (पिएसजी) दोस्रो चरणमा पुगेको छ । उसले आन्द्रलेक्टलाई ५-० को फराकिलो अन्तरले पराजित गर्‍यो । पहिलो हाफमा मार्को भेर्राट्टि र नेयमारको गोलमा अगाडि बढेको पिएसजीका लागि दोस्रो हाफमा कुर्जावाले ह्याट्रिक गरे ।


ADVERTISEMENT


समूहको अर्को खेलमा बायर्न म्युनिखले सेल्टिकलाई २-१ ले पराजित गर्‍यो । उसको जितमा किङ्सले कोमन र जाभी मार्टिनेजले गोल गरे ।


ADVERTISEMENT

# # #


अंक तालिकामा पिएसजीको ४ खेलमा सर्वाधिक १२ अंक छ भने म्युनिखले ९ अंक जोडेको छ । सेल्टिक ३ अंक जोडेर तेस्रो स्थानमा रहँदा अंकविहिन आन्द्रेलेक्ट पुछारमा छ । आजको कान्तिपुरबाट