खोटाङ – प्रहरीले विभिन्न हतियारसहित ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क बस्ने ५४ वर्षीय निमसाङगे तामाङलाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


उनी भरुवा बन्दुक १ थान, तयारी बारुद २ सय ५० ग्राम, सोडा २ सय ५० ग्राम, सिसाको गोली २८ थान, ढुङ्गाको छर्रा ३४ थान, कराईको टुक्रा ४० थान, सलाई १ थान, गोली बनाउन प्रयोग गरीने सिसाको ३ थान सहित बुधबार बिहान पक्राउ परेका हुन् ।


ADVERTISEMENT

# # #


विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हातहतियार फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।