कैलाली – आठ दिन अघि कैलालीको मोहन्याल गाउँपालिकाको कर्णाली नदीमा भएको डुङ्गा दुर्घटनामा परी बेपत्ता भएकी महिला मृत फेला परेकी छन् ।


ADVERTISEMENT


दुर्घटनापछि बेपत्ता २० वर्षीया उर्मिला सलामी मगरघटनास्थलवाट दक्षिणतर्फ सोही नदीको बीच भागमा भेटिएकी हुन् । बेवारिसे शवको सोमवार सनाखत गर्दा उक्त शव सलामीको रहेको खुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


साउन १७ गते कर्णाली नदीमा काठको डुङ्गा चढेर पारी सुर्खेत जिल्ला जाने क्रममा पल्टिएर डुङ्गा दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइते सोही ठाउँकी १९ वर्षीया धनसरा सलामी मगरको मृत्यु भएको थियो । त्यसमा सवार पाँच जनाले पौडिएर ज्यान जोगाएका थिए । रासस