काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले १८ लाख अमेरिकी डलर बाराबरको अत्यावश्यक औषधी र सामग्रीहरु नेपाललाई सहयोग गरेको छ ।
सोमवार डब्लूएचओको को नेपालस्थित कार्यलयले २ हजार बढी अक्सिजन कन्सेनट्रेरहरुसहित अत्यावश्यक मेडिकल सामग्रीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको हो ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग असपताल टेकुमा भएको कार्यक्रममा २५ हजार एम्पल्स डेक्सामेथाजोन, २ हजार अक्सिजन कन्सनट्रेटरहरु, २४ हजार भेन्चुरी मास्क, करिब ५ लाख अक्सिजन नसल क्यानुला, ६ लाख मास्क र ५ लाख सर्जिकल ग्लब्स सहितका सामग्रीहरु प्रदान गरेको हो ।
डब्लूएचओ नेपालका प्रमुख डाक्टर राजेश संभाजीराव पाण्डवले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई ती सामाग्री हस्तान्तरण गरेका हुन् ।