कैलाली – महाकाली नदीमा तुइन तर्ने क्रममा भारतीय एसएसबीले तुइनको डोरी काटिदिएपछि वेपत्ता भएका जयसिँह धामीको खोजीका लागि विशेष टोली खटाइएको छ ।


ADVERTISEMENT


बेपत्ता धामीको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी तीन वटै सुरक्षा निकाय सक्रिय रहेकोमा प्रहरी प्रधान कार्यालय काठमाडौँले विशेष टोली खटाएको हो ।


ADVERTISEMENT

# # #


जिल्ला प्रहरी कार्यालय धनगढीको आग्रहमा धामीको खोजीका लागि २ प्राविधिक सहित विशेष टोली खटाइएको दार्चुलाका डीएसपी मनोहरप्रसाद भट्टले बताए। उनकाअनुसार नदी क्षेत्रमा ड्रोनको प्रयोग गरी धामीको खोजी कार्य अगाडि बढाइएको छ ।

घटनाको छानबिनका लागि गृहसचिव जनार्दन गौतमको नेतृत्वमा घटनास्थलमा गएको टोली सोमवार काठमाडौँ फर्किएको छ । यद्दपी, उक्त टोलीले अध्ययन निश्कर्ष भने सार्वजनिक गर्न बाँकी रहेको छ ।