काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्माओलीले आफू पुनः असाधारण जनमतका साथ सरकारको नेतृत्व गर्ने गरी आउने दाबी गरेका छन् ।


ADVERTISEMENT


मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष ओलीले आफू फेरि पनि सरकारको नेतृत्व गर्ने गरी आउने जिकिर गरेका हुन् । उनले भने, ‘फेरि पनि सुनिराख्नु भए हुन्छ, म जस्केलाबाट होइन, झ्यालबाट होइन, भेन्टिलेसनबाट होइन, असाधारण जनमतका साथ फेरि पनि मूलबाटो, मूल गेट, मूल ढोकाबाट आउने छु ।’


ADVERTISEMENT

# # #


‘म यो देश र यस देशका जनताको सेवाका निम्ति जन्मिएको ठान्छु ।’ उनले भने, ‘म प्रधानमन्त्री बन्न जन्मिएको होइन । काम गर्दै जाँदा प्रधानमन्त्री पनि भएँ ।’ प्रधानमन्त्री शेरबहादुर देउवातर्फ व्यंग्य गर्दै ओलीले भने, ‘मलाई राम्रो ग्रहदशाले प्रधानमन्त्री बनाएको होइन । काम हेरेर नेपाली जनताले मत दिएर प्रधानमन्त्री बनाएको हो ।’ उनले आफू जाली मुद्दा जितेर वा परमादेशबाट प्रधानमन्त्री नभएको बताए ।

उनले देश र जनताका लागि काम गर्दा आफूमाथि निरन्तर प्रहार भएको र अहिले जारी रहेको बताए । ‘ममाथि निकै प्रहार गरेको देखियो । भइरहेको पनि छ । तर, मलाई त्यसमा चिन्ता छैन ।’ उनले भने, ‘समृद्ध नेपाली सुखी नेपालीको आकांक्षा तोकेर त्यसलाई प्राप्त गर्न त्यस गन्तव्यतर्फको यात्रामा हिंडेको नेपाललाई समृद्ध बनाउने, नेपालस् जनलाई सुखी बनाउन हिंडेको मान्छेलाई यस्ता सानातिना कुराले खासै फरक पार्दैन । म आफ्नो उद्देश्यमा केन्द्रित छु ।’

पार्टी एकीकरण पवित्र उद्देश्यका लागि गरिएको उनले बताए । आफूले गलत कुराहरुमा सम्झौता नगर्दा केही मान्छेको स्वार्थ पूण नभएको र आफ्नो लोकप्रियताले कसैको छाती जलेको भन्दै उनले प्रचण्ड र माधव कुमार नेपाललाई व्यंग्य गरे ।