काठमाडौैँ – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्माओलीले सरकार नबन्दै प्रतिपक्षलाई धम्क्याउने खेल सुरु भएको बताएका छन् ।


ADVERTISEMENT


मंगलबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्डतर्फ संकेत गर्दै प्रतिपक्षलाई धम्क्याइएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


‘अर्को सरकार बन्नेबित्तिकै सत्ता पक्षका नेताले यसै रोस्ट्रमबाट भन्नुभो, होसियार ! म आगो हुँ, मसँग नखेल । मलाई थाहा छ, उहाँले विगतमा देशमा लगाएको डढेलो म सम्झिन्छु ।’ उनले भने, ‘उहाँ आगो हो, डढेलो लगाउनु हुन्छ । तर, एक दुई बाल्टी पानीले निभाएको पनि सम्झना होस् । यस्तो डढेलो निभाउन हामीलाई पनि आउँछ ।’

केही पहिले प्रचण्डले प्रतिनिधिसभामा प्रचण्डले माओवादी आगो भएको र आगोसँग नखेल्न चेतावनी दिएका थिए ।